पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प
काठमाडौं – नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको छ । यो नाका हुँदै हुने नेपाल र चीनबीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ ।
तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताए ।
‘नाकामा सडक अवरुद्ध भएकाले पनि चीनतर्फबाट मालवाहक सामानसहितका कन्टेनर पनि भित्रिन सकिरहेका छैनन्,’ उनले भने, ‘सडक कहिलेदेखि सञ्चालन हुने अहिलेसम्म कुनै टुंगाे लागेको छैन ।’
ताजा अपडेट
-
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
-
पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प
-
दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव
-
बालेनलाई मनीष झाको जवाफ : ‘सरकार एक्लो छैन, हामी साथमै छौँ’
-
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री


प्रतिक्रिया