आज यी पाँच स्थानबाट हुनेछ ग्यास बिक्री गरिँदै, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौं । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौं र नेपाल आयल निगमको समन्वयमा तोकिएका स्थानहरूबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डरहरू उपलब्ध गराइने निगमले जनाएको छ ।
अत्यावश्यक परेका उपभोक्ताहरूले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका बिक्री केन्द्रमा गएर ग्यास खरिद गर्न सक्नेछन् । ग्यास खरिदका लागि उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लिएर जानुपर्नेछ ।
निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास उपलब्ध हुनेछ ।
यातायात कार्यालय परिसर, चाबहिलबाट नेपाल र एचपी हुनेछ ।
राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीमाया, श्रीकृष्ण, साइजवाला र ओम ग्यास उपलब्ध हुनेछ ।
राधास्वामी, बसुन्धरा परिसरमा नेपाल, एचपी, एभरेस्टरसुगम, भानु र ओम ग्यास उपलब्ध हुनेछ ।
पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम, सगर, हिमाल, लोकप्रिय र सूर्य ग्यास उपलब्ध हुनेछ ।
निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र ग्यास उद्योगहरूले आफ्ना विक्रेतामार्फत पनि नियमित रूपमा बिक्री गरिरहेको स्पष्ट पारेको छ ।
उपभोक्ताहरूलाई अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ ।
ताजा अपडेट
-
फेरिँदै छ सम्बन्ध विच्छेदको उद्देश्य र कारण
-
आज यी पाँच स्थानबाट हुनेछ ग्यास बिक्री गरिँदै, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी
-
हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान
-
कांग्रेसको असन्तुष्ट पक्षको राष्ट्रिय भेला सुरु, देउवाले गरे उद्घाटन


प्रतिक्रिया