धनुषाको मिथिला नगरपालिकाका थप ३१० परिवारले नापजाँचको १० वर्षपछि पाए लालपुर्जा
काठमाडौं। धनुषाको मिथिला नगरपालिकाका थप ३१० परिवारले लालपुर्जा पाएका छन्। नापजाँच सकिएको १० वर्षपछि मिथिला नगरपालिका-३ का ३१० परिवारले लालपुर्जा पाएका हुन्।
साविकको मिथलेश्वर महुवाही वडा नं.-१, २, ३, ४, ५, ६, ७, ८ र ९ का स्ववासीको जग्गाको नापजाँच २०७२/०७३ मा सम्पन्न भएको थियो।
आवश्यक प्रक्रिया पूरा गरी नापी कार्यालय धनुषाले जग्गाधनी पुर्जा वितरण गरेको भूमि व्यवस्थामन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ।
नापी कार्यालयले केही दिनअघि मिथिला नगरपालिका-४ का ११० परिवारलाई लालपुर्जा वितरण गरेको थियो।
ताजा अपडेट
-
दुई दिनदेखि हराएका साढे २ वर्षीय बालकको सामुदायिक वनबाट सकुशल उद्धार
-
वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन
-
अख्तियारका पदाधिकारीहरू प्रधानमन्त्रीले बोलाउँदैमा धाउनु हुँदैन : अमरेश सिंह
-
धनुषाको मिथिला नगरपालिकाका थप ३१० परिवारले नापजाँचको १० वर्षपछि पाए लालपुर्जा
-
सुनको भाउ तोलामा ९ हजार ३०० रुपैयाँले बढ्यो, तोलाको कति पुग्याे ?


प्रतिक्रिया