आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेन
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१÷८२ प्रस्तुत गर्नेछन् । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्नेछन् ।
त्यस्तै, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ । रासस
ताजा अपडेट
-
उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
-
रसुवा बाढी: उद्धार र राहतमा जुट्न सभापति लामिछानेको अपिल
-
भोटेकोशी बाढी: त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
-
रसुवादेखि चितवनसम्म उच्च सतर्कता, नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह
-
रसुवा बाढी : यस्तो भन्छन् प्रधानमन्त्री?


प्रतिक्रिया