बाढीबाट भएको क्षतिप्रति संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त
काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
महासचिव गुटेरेसका प्रवक्ताले जारी गरेको वक्तव्यमा बाढीका कारण ठूलो संख्यामा मानिसको ज्यान गएको, केही बेपत्ता भएको तथा व्यापक भौतिक क्षति भएकोप्रति उनले दुःख व्यक्त गरेका हुन्।
महासचिव गुटेरेसले बाढीमा परी ज्यान गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले बाढीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता व्यक्त गर्दै कठिन घडीमा सबैको साथमा रहेको बताए।
वक्तव्यमा संयुक्त राष्ट्रसंघले विपद्को प्रभावको स्तर मूल्याङ्कन गर्नुका साथै तत्काल आवश्यक सहायता उपलब्ध गराउनेलगायत सरकारको नेतृत्वमा भइरहेको प्रतिकार्यमा सहयोग गरिरहेको उल्लेख छ।
बाढी प्रभावित समुदायलाई सहयोग पुर्याउन संयुक्त राष्ट्रसंघका टोली तथा मानवीय सहायता साझेदारहरूले आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेको पनि महासचिव गुटेरेसले जानकारी दिए।
महासचिव गुटेरेसले बाढी प्रभावितको जीवन रक्षाका लागि उद्धार तथा राहत कार्यमा खटिएका आपत्कालीन उद्धारकर्मीहरूको प्रशंसा गर्दै आवश्यक थप सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ तयार रहेको बताए।
ताजा अपडेट
-
बाढीबाट भएको क्षतिप्रति संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त
-
भोटेकोशी बाढीबाट विद्युत् क्षेत्रमा ठूलो क्षति, ४३१ मेगावाटका १२ आयोजना बन्द
-
भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता
-
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए
-
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै


प्रतिक्रिया