बेलायतका राजा चार्ल्स द्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त
काठमाडौँ- बेलायतका राजा चार्ल्स तृतीयले नेपाल-चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
उनले बिहीबार एक सन्देशमार्फत बेलायतका धेरै मानिसहरूको यस क्षेत्रसँग बलियो, गहिरो र व्यक्तिगत सम्बन्ध रहेको उल्लेख गर्दै आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्।
साथै राजा चार्ल्सले साथीभाइ तथा आफन्तहरूको अवस्थाबारे चिन्तित हुँदै व्यग्रतापूर्वक खबरको प्रतीक्षा गरिरहेका धेरै परिवारप्रति सहानुभूति प्रकट गरेका छन्।
‘अरूको सेवामा आफ्नो साहसिक कर्तव्य निर्वाह गर्ने क्रममा ज्यान गुमाएका सबै सुरक्षाकार्मीका परिवारहरूप्रति पनि हाम्रो हार्दिक सहानुभूति छ र उद्धार प्रयासमा निःस्वार्थ रूपमा खटिनुभएका सबैप्रति हामी गहिरो धन्यवाद व्यक्त गर्दछौँ,’ उनको सन्देशमा उल्लेख छ।
प्रभावित सबैप्रति विशेष सोच र प्रार्थना रहिरहने उल्लेख गर्दै राजा चार्ल्सले सधैँझैँ आवश्यकतामा रहेकाहरूलाई सहयोग र समर्थन गर्न संयुक्त अधिराज्य तयार रहेको उल्लेख गरेका छन्।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया