देउवा पक्षको मागअनुसार कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको छ।
बिहीबार न्यायाधीशहरू डा. नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले देउवा र खड्काको निवेदनमाथि सुनुवाइ गर्दै अन्तरकालीन आदेश जारी नगर्ने निर्णय गरेको हो।
निर्वाचन आयोगलाई विपक्षी बनाई दायर गरिएको रिटमा निवेदकहरूले कांग्रेसको महाधिवेशनसँग सम्बन्धित गतिविधि रोक्न अन्तरकालीन आदेश माग गरेका थिए।
सर्वोच्चले यसअघि संयुक्त इजलासबाट गत वैशाख ४ गते भएको आदेशलाई आधार बनाउँदै नयाँ आदेश दिएको हो। संयुक्त इजलासले निर्वाचन आयोगको २०८२ माघ २ गतेको निर्णय बदर गर्नुपर्ने अवस्था नरहेको ठहर गर्दै देउवा र खड्काको रिट निवेदन खारेज गरेको थियो।
पूर्ण इजलासले उक्त पुरानो आदेशले निवेदक वा विपक्षीलाई कुनै थप कामकारबाही अघि बढाउन वा नयाँ निर्णय गर्न निर्देशन नदिएको स्पष्ट पारेको छ।
ताजा अपडेट
-
बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुग्यो, चितवनमा मात्रै १३७ शव फेला
-
देउवा पक्षको मागअनुसार कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चद्वारा अस्वीकार
-
उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
-
भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार
-
बेलायतका राजा चार्ल्स द्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त


प्रतिक्रिया