NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १४ गते

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा बाढीका कारण सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ–काठमाडौँ सडकखण्डमा दुवैतर्फको यातायात आवागमन ठप्प भएको छ। सडक भासिएसँगै नारायणगढबाट काठमाडौँतर्फ जाने तथा काठमाडौँबाट नारायणगढतर्फ आउने सबै प्रकारका सवारीसाधनलाई अर्को सूचना जारी नभएसम्म रोकिएको प्रहरीले जनाएको छ।

प्रहरीले सडकको अवस्था जोखिमपूर्ण रहेकाले सर्वसाधारणलाई तत्काल उक्त मार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ। साथै, जोखिमयुक्त क्षेत्रमा नजान र सम्बन्धित निकायको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।

अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याउन सडक विभाग तथा स्थानीय प्रशासनको टोलीले आवश्यक प्रयास गरिरहेको छ। तर, निरन्तरको जोखिमका कारण तत्काल यात्रा गर्नु सुरक्षित नरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष