रसुवा भोटेकोशी बाढी अपडेट: ७३४ जनाको मृत्यु, करिव २५ सय अझै बेपत्ता
काठमाडौँ- भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या ७३४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ७३४ जनाको शव भेटिएको हो। रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६, चितवनमा २५९ शव भेटिएका छन्।
२ हजार ४९८ जना हालसम्म सम्पर्कविहीन रहेको जनाइएको छ। नेपाल प्रहरीका २७ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी बल नेपालका १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ४ जना बेपत्ता भएका छन्। उद्धारका लागि १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन भएका छन्। नेपाल प्रहरीका ७,२९३ जना,
नेपाल सेनाका ८,३९९ जना, सशस्त्र प्रहरी बल नेपालका ४,२०३ जना परिचालन भएका छन्।
ताजा अपडेट
-
रसुवा भोटेकोशी बाढी अपडेट: ७३४ जनाको मृत्यु, करिव २५ सय अझै बेपत्ता
-
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो वर्षा बढ्ने, उद्धारमा थप चुनौती
-
उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ
-
कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
एसिसी प्रिमियर कप: उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य


प्रतिक्रिया