NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ २० गते

भोटेकोसी बाढी अपडेट : १,२०४ शव फेला, ४,२१६ जना अझै सम्पर्कविहीन

काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २०४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न मानव अंगसहित १ हजार २०४ शव फेला परेको जनाएको हो।

प्राधिकरणका अनुसार रसुवामा टिमुरेबाट ल्याइएका ११५ शव फेला परेका छन्। त्यस्तै, नुवाकोटमा १५५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, धादिङमा ६०, नवलपरासी पश्चिममा २०२, गोरखामा ६९ र चितवनमा ३४८ शव फेला परेका छन्।

फेला परेका शवमध्ये अधिकांशको अझै पहिचान हुन सकेको छैन। पहिचान हुन नसकेका शवमध्ये केहीलाई आवश्यक प्रक्रिया पूरा गरी जमिनमा व्यवस्थापन गरिएको जनाइएको छ।

हालसम्म ९५ वटा शव मात्रै आफन्तले बुझेका छन्। प्रहरीका अनुसार ५०० भन्दा बढी शव जमिनमा पुरिसकिएको छ।

अहिले रहेका शवलाई केही दिनसम्म पहिचानका लागि राखिने र पहिचान हुन नसके डीएनए परीक्षणका लागि आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिने प्रहरीले जनाएको छ।

यसैबीच, बाढीमा परी ४ हजार २१६ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतक र सम्पर्कविहीनको संख्या थप अद्यावधिक हुनसक्ने जनाइएको छ।

ताजा अपडेट

नेपालवाच विशेष