रसुवा बाढी आएको ११ औँ दिन : शनिबार नुवाकोटमा दुई जनाको चमत्कारिक रूपमा जीवितै उद्धार
नुवाकोट । रसुवा बाढी आएको ११ औँ दिन शनिबार नुवाकोटमा दुई जनाको चमत्कारिक रूपमा जीवितै उद्धार गरिएको छ।
विदुर नगरपालिका–१० बेत्रावतीमा बाढीपहिरोले पुरिएको घरको भग्नावशेषबाट ५५ वर्षीया चण्डिका श्रेष्ठलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको हो। उद्धारपछि उनले पानी पिएकी थिइन् र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
यस्तै, माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ सुरुङमा फसेका एक चिनियाँ नागरिकलाई नेपाली सेना र दक्षिण कोरियाली विपद् विज्ञको टोलीले जीवितै उद्धार गरेको छ।
यसअघि शुक्रबार त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङबाट पनि दुई जनाको जीवितै उद्धार गरिएको थियो। लगातार दुई दिन जीवितै उद्धार हुन थालेपछि बाढीपीडितको खोजी तथा उद्धारमा थप आशा पलाएको छ।
ताजा अपडेट
-
‘नेवार समुदायका परम्परागत मकुण्डोनाच’लाई मदन पुरस्कार, खरेललाई जगदम्बा–श्री
-
बाढीपछि मनास्लु र लार्केपास पदयात्रा रोक्न प्रशासनको आग्रह
-
रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै
-
कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
-
सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती


प्रतिक्रिया