NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ २१ गते

वीरगञ्जको क्यासिनोमा छापा, गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टरसहित आठ जना पक्राउ

काठमाडौँ । पर्साको वीरगञ्जस्थित क्यासिनोमा गैरकानुनी रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टरसहित आठ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार राति वीरगञ्जको गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष ३६ वर्षीय जसवन्त यादव, प्रहरी इन्स्पेक्टर प्रदीप पौडेल, सखुवाप्रसौनी–६ का ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा रहेका छन्।

नेपाली नागरिकलाई नियमविपरीत क्यासिनो प्रवेश गराएको आरोपमा क्यासिनोका चार कर्मचारीसमेत पक्राउ परेका छन्। पक्राउ पर्ने कर्मचारीमा वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह रहेका छन्।

प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष