आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १:०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने भएको छ ।
यस्तै, बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन )विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
यसैगरी, कानुनमन्त्री गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
अपराह्न १:१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ । विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले सो प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् ।
ताजा अपडेट
-
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
-
भोटेकोशी बाढी: लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
-
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
-
तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र
-
अविरल वर्षा, बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग


प्रतिक्रिया