NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ २६ गते

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ।

अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। त्यस्तै आज विभिन्न छवटा समितिको बैठक पनि बस्दैछ।