पर्यटन बोर्डको सीईओको लागि आवेदन माग
काठमाडौं । नेपाल पर्यटन बोर्डले आफ्नो कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । बोर्डले आज (भदौ २६ गते) एक सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारहरूबाट दरखास्त पेस गर्न आह्वान गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको १० दिनभित्र आवेदन दिन सक्नेछन् । यदि आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनसम्म दरखास्त दिन सकिने व्यवस्था गरिएको छ ।
उम्मेदवार हुनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हुनुपर्ने र प्रचलित कानुन बमोजिम अयोग्य नभएको हुनुपर्ने योग्यता तोकिएको छ ।
ताजा अपडेट
-
भोटेकोशी बाढीपिडितलाई यशोदा फुड्स र श्रीराम टोबाकोको सहयोग
-
सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
-
रसुवा बाढी: भग्नावशेष पन्छाउँदै चिलिमे सुरुङ नजिकै पुग्यो उद्धार टोली
-
सशस्त्र प्रहरीमा ६ सय ६६ जना कर्मचारी माग, कक्षा ८ पास गरेकाले पनि आवेदन दिन पाउने
-
सोलुखुम्बुमा पहिरोका कारण हुङ्गा खोला थुनियो, सतर्क रहन आग्रह


प्रतिक्रिया