कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि सर्यो, असोज १८ गते उद्घाटन
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिनपछि सरेको छ । अब महाधिवेशनको उद्घाटन असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको छ । यसअघि कांग्रेसको महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको थियो।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै महाधिवेशनको उद्घाटन समारोहको नयाँ मिति सार्वजनिक गरेका हुन्।
विज्ञप्तिअनुसार वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् । हाल प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी छन् ।
देशका विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।
सोही परिस्थितिलाई मध्यनजर गर्दै महाधिवेशन उद्घाटन समारोहको मिति परिवर्तन गरिएको कांग्रेसले जनाएको छ ।
ताजा अपडेट
-
राइनासका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि सर्यो, असोज १८ गते उद्घाटन
-
गृह मन्त्रालयद्वारा एकैपटक एकसय कर्मचारीको सरुवा
-
भारतीय राजदूत श्रीवास्तवसँग प्रधानमन्त्री शाहको बिदाइ भेट
-
चोलेन्द्र पक्राउप्रति सर्वोच्चको आपत्ति, कानुनी प्रक्रिया पालना गर्न आग्रह


प्रतिक्रिया