दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडियो, आवतजावत बन्द
कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमाथि रहेको एसियाकै दोस्रो लामो दोधारा–चाँदनी झोलुङ्गे पुलको बीच भागमा रहेको एक पिलरबाट पुल चुँडिएर नदीमा खसेको छ ।
बुधबार बिहान पुलका केही भागमा फलामका पाताहरू अस्वाभाविक रूपमा माथि उठेको देखिएको थियो। त्यसपछि पुल बीचको एक पिलरबाट चुँडिएर नदीमा खसेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ र दोधारा–चाँदनीतर्फबाट तेस्रो नम्बरको पिलरबाट पुल चुँडिएको हो।
नदीको बीच भागमा रहेको पिलरबाट पुल चुँडिएपछि आवतजावत पूर्ण रूपमा बन्द भएको छ। पुलमा क्षति पुगेपछि स्थानीयवासी तथा यात्रुहरूलाई आवतजावतमा समस्या भएको छ।


प्रतिक्रिया