प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो
काठमाडौँ, २१ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मौज्दात रु. १२ अर्ब ५७ करोड २८ लाख ७६ हजार ५२३ तथा हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ९१ लाख ९३ हजार १७४ अमेरिकी डलर पुगेको छ।
सरकारले उक्त कोषमा जम्मा भएको रकममध्ये यसअघि रु. १ अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।
ताजा अपडेट
-
११ वर्ष जिल्ला सभापति र हाल मेयर रहेका कोइराला खस आर्य तर्फबाट केन्द्रीय सदस्यको दौडमा
-
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो
-
तीनकुने झडप: तत्कालीन सिडिओ र सुरक्षा अधिकारीमाथि कारबाहीको सिफारिस
-
चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य
-
गगन थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन


प्रतिक्रिया