बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार
गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति पुग्नुका साथै ५ जना बेपत्ता भएका छन्।
नेपाल प्रहरीले आइतबार साँझ ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रभावित क्षेत्रबाट ४८ जनाको सकुशल उद्धार गरिएको जनाएको छ।
प्रहरीका अनुसार बाढीका कारण हालसम्म २६ वटा घर र ९ वटा गोठ पूर्ण रूपमा क्षति भएका छन्।
यस्तै, तीन वटा हाइड्रोपावर आयोजनामा क्षति पुग्नुका साथै यातायात र आवतजावत ठप्प हुने गरी २ वटा पक्की पुल र २ वटा झोलुङ्गे पुल बाढीले बगाएको छ।
बाढीमा परी बेपत्ता भएका ५ जनाको खोजी तथा प्रभावितको राहत र उद्धारका लागि ५३८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ।
ताजा अपडेट
-
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो
-
बूढीगण्डकी बाढीमा परी पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार
-
बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार
-
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य
-
काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने, प्राधिकरणले सार्वजनिक गर्यो समयतालिका


प्रतिक्रिया