कात्तिक १ गतेदेखि ४ दिन उपत्यकाको फोहर नउठ्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ ।
कामपाका अनुसार उल्लिखित दिनहरूमा नेपालीहरूको महान् पर्व दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने जनाइएको हो ।
आगामी कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै रूपमा राख्न पनि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले सबैलाई अनुरोध गरेकी छन् । उक्त मितिबाहेक अन्य दिन नियमित रूपमा फोहोर व्यवस्थापन हुने कामपाले जनाएको छ । रासस
ताजा अपडेट
-
प्रहरीलाई विपद् सामना गर्न सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
-
सुन र चाँदीको मूल्यमा उच्च वृद्धि
-
दसैँको शुभकामना दिँदै पूर्वराजा शाहको आह्वान– ‘शोकलाई शक्तिमा बदलेर अघि बढौँ’
-
खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा
-
कात्तिक १ गतेदेखि ४ दिन उपत्यकाको फोहर नउठ्ने


प्रतिक्रिया