दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि सास्ती खेपिरहेका स्थानीयवासीका लागि ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा ल्याइएको छ।
पुलको पूर्ण निर्माण सम्पन्न हुन केही काम बाँकी रहे पनि स्थानीयको आवतजावत र दसैँ तिहारजस्ता चाडपर्वलाई दृष्टिगत गर्दै सञ्चालनमा ल्याइएको हो। पक्की पुल बगेपछि सर्वसाधारणले तुइन र जिपलाइनको जोखिमपूर्ण सहारा लिँदै आएका थिए।
नुवाकोट निर्माण व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलका अनुसार पुलको मुख्य वारपार गर्ने संरचना र लट्ठा जडानको काम सकिएकाले सञ्चालन गरिएको हो। दुवैतर्फका चार स्थानमा सहायक लट्ठा बाँध्नेलगायतका केही प्राविधिक काम भने क्रमशः पूरा गरिनेछ।
पुल सञ्चालनमा आएसँगै विदुर नगरपालिकाका विभिन्न वडाका साथै किस्पाङ, म्यागङ गाउँपालिका, रसुवा र धादिङतर्फ आवतजावत गर्ने यात्रुलाई राहत मिलेको छ। साथै, त्रिशूली अस्पताल, नेपाल विद्युत् प्राधिकरण र स्थानीय विद्यालय पुग्न सहज हुनुका साथै बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका काममा तीव्रता आउने अपेक्षा गरिएको छ।
३ करोड १८ लाख रुपैयाँ अनुमानित लागत रहेको उक्त पुल निर्माणका लागि नेपाल निर्माण व्यवसायी महासङ्घले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ भने अपुग रकम नुवाकोट निर्माण व्यवसायी सङ्घले व्यहोर्ने जनाएको छ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया