मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा
काठमाडौं -काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज कात्तिक ६ गतेसम्म १३ दिनको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९४७ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ९४७ जनामध्ये ५९ जना सार्वजनिक सवारीका चालक रहेका छन् ।
त्यस्तै, लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ३५ जना नै सार्वजनिक सवारीका चालक रहेका उनले जानकारी दिए ।
मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउनु गैरकानूनी कार्य भएकाले संलग्न चालकलाई ट्राफिक ऐनअन्तर्गत कारबाही गरिएको प्रवक्ता सुवेदीले बताए ।
चाडपर्वका समयमा सवारीसाधनको आवागमन बढ्ने भएकाले मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै ट्राफिक प्रहरीले यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ ।
ताजा अपडेट
-
‘पोलियो डे’मा सात सम्पदामा साइकल र्याली, चिरीबाबु महर्जन र सुनिता डंगोल पनि सहभागी हुने
-
मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा
-
विश्व हिउँ चितुवा दिवस: जलवायु परिवर्तनले वासस्थानमा ह्रास
-
दसैँ मनाएर उपत्यका फर्किने बढ्दै
-
बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्को सुझाव, भारी वर्षाको सम्भावना


प्रतिक्रिया