नागढुंगा सुरुङमार्गमा आजदेखि सवारीसाधनका लागि टोल शुल्क लागू
काठमाडौं। नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्गका लागि टोल शुल्क निर्धारण गरिएको जनाएको छ।
सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय र नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सवारीसाधनको वर्ग र यात्राको दिशाका आधारमा शुल्क तोकिएको हो।
नयाँ व्यवस्थाअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर र माइक्रोबसले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
मिनी बस तथा मिनी टिपर र ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ। ठूला सवारीसाधनमध्ये बस तथा सिंगल रियर एक्सल भएका ट्रकले प्रवेशतर्फ २६० रुपैयाँ र बाहिरिने दिशामा २०० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै, मल्टी एक्सल ट्रक, सवारीसाधन तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौं बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
ताजा अपडेट
-
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो
-
सुनको मूल्यमा भारी गिरावट, एकैदिन आठ हजार ३०० रुपैयाँले घट्यो
-
समसामयिक राजनीतिक परिस्थिति र पार्टीको कार्यदिशाबारे गगन थापाले सम्बोधन गर्ने
-
रास्वपाले स्थानीय तह निर्वाचनका लागि सात उपसमिति गठन गर्यो
-
धान फल्ने खेतमा सयपत्री खेती, १२ लाख आम्दानीको लक्ष्य


प्रतिक्रिया