NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १७ गते

मालपोतका कर्मचारी विरुद्ध ९ करोड ७२ लाख भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारी यदुनाथ आचार्य विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगले आचार्यले नौ करोड ७२ लाख ७१ हजार ९८९ रूपैयाँ ८३ पैसा बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी गरेको छ।

आचार्य २०५४ माघ २ गते खोटाङ जिल्ला विकास समितिमा गा.वि.स. सचिवका रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए। आयोगले २०८० मंसिर २१ गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरेको थियो। अनुसन्धानका क्रममा आचार्य र उनको परिवारको सो अवधिमा कुल आम्दानी ६ करोड २५ लाख ६३ हजार ३४५ रूपैयाँ ४८ पैसा देखिएको छ। तर, सोही अवधिमा उनीहरूको खर्च तथा लगानी १५ करोड ९८ लाख ३५ हजार ३३५ रूपैयाँ ३१ पैसा रहेको पाइएको छ।

आयोगले आफ्नो आम्दानीभन्दा बढी खर्च र लगानी गरेको भन्दै आचार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले आचार्यका परिवारका सदस्यहरूलाई समेत विपक्षी बनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष