मलेखु-मुग्लिन सडक आज दुई घण्टा बन्द रहने
काठमाडौं: पृथ्वी राजमार्गअन्तर्गतको मलेखु-मुग्लिन सडक खण्ड आज दुई घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै सडक बन्द रहने जानकारी दिएको हो।
मझिमटारमा निर्माणाधीन आकाशे पुलको यात्रु आवागमन गर्ने भाग राख्ने कार्य हिजोबाट सुरु गरिएको थियो। उक्त कार्य नसकिएकाले आज पनि सडक बन्द गरेर काम गर्नुपरेको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार आज बिहान ९ बजेदेखि ११ बजेसम्मका लागि सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
ताजा अपडेट
-
बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
-
सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
-
एनपीएलमा आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्दै
-
मलेखु-मुग्लिन सडक आज दुई घण्टा बन्द रहने
-
रसुवागढी र तातोपानी बन्द हुँदा कोरलाबाट भित्रियो ३ हजार ७२५ मेट्रिक टन फलफूल


प्रतिक्रिया