बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौं- सरकारले दुई दिनसम्म राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ। कार्यक्रमअन्तर्गत मंगलबार र बुधबार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार यो कार्यक्रमबाट करिब २१ लाख बालबालिकाले भिटामिन ‘ए’ र करिब २० लाख बालबालिकाले जुकाको औषधि पाउनेछन्। थापाले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई पायक पर्ने स्थानमा लगेर औषधि खुवाउन आग्रह गरेका छन्।
यस अभियानका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ। सरकारले बालबालिकामा देखिने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रत्येक वर्ष कात्तिक र वैशाख महिनामा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपालमा विसं २०५० देखि भिटामिन ‘ए’ क्याप्सुल र विसं २०५६ देखि जुकाको औषधि नियमित रूपमा निःशुल्क वितरण गरिँदै आएको छ।
ताजा अपडेट
-
बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
-
सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
-
एनपीएलमा आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्दै
-
मलेखु-मुग्लिन सडक आज दुई घण्टा बन्द रहने
-
रसुवागढी र तातोपानी बन्द हुँदा कोरलाबाट भित्रियो ३ हजार ७२५ मेट्रिक टन फलफूल


प्रतिक्रिया