NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १९ गते

भारतीय विदेश सचिव मिस्रीद्वारा तीन मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता

काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज तीन मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । मिस्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग उनीहरूकै मन्त्रालयमा पुगेर भेट गरेका हुन् ।

अर्थमन्त्री वाग्लेसँगको भेटमा नेपाल र भारतबीचको आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ । नेपालस्थित भारतीय दूतावासका अनुसार दुई देशबीचको आर्थिक सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा उनीहरूबीच विचारविमर्श भएको छ ।

त्यसैगरी, पूर्वाधार विकासमन्त्री लम्सालसँगको भेटमा पूर्वाधार तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्य बढाउने उपायबारे छलफल भएको छ । सो अवसरमा मन्त्री लम्सालले ती क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा आफ्नो धारणा राखेका थिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठसँगको भेटमा ऊर्जा तथा जलस्रोतका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । भारतीय पक्षका अनुसार सो अवसरमा नेपाल र भारतबीच जारी विभिन्न परियोजना तथा पहलहरूको समीक्षासमेत गरिएको छ । विदेश सचिव मिस्री आजै नेपाल भ्रमणमा आएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष