बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित
भोजपुर । भोजपुरमा बाँदरको समस्याका कारण परम्परागत खाद्यबाली खेती गर्न कठिन भएपछि किसान अदुवा खेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँदरले मकै, कोदोलगायतका बालीमा क्षति पुर्याउने समस्या बढ्दै गएपछि किसानले अदुवा खेतीलाई वैकल्पिक आयआर्जनको माध्यम बनाउन थालेका हुन् ।
भोजपुर नगरपालिका–६ की किसान गीता खड्काले बाँदरको समस्या बढ्दै गएपछि अदुवा खेती गर्न थालेको बताइन् । जमिनमुनि गाँना हुने भएकाले अदुवा बाँदरबाट सुरक्षित बाली रहेको उनको भनाइ छ । व्यावसायिक रूपमा खेती गर्नसके अदुवाबाट परम्परागत खाद्यबालीभन्दा राम्रो आम्दानी लिन सकिने उनले बताइन् ।
बाँदरबाट खाद्यबाली जोगाउन कठिन हुने अवस्थामा अदुवा खेती तुलनात्मक रूपमा सहज हुने भएकाले आफू यसतर्फ आकर्षित भएको खड्काको भनाइ छ । बाँदरको हैरानीका कारण खेतीपातीमा समस्या भोगिरहेका किसानका लागि अदुवा खेती विकल्प बनेको उनले बताइन् ।
अर्की किसान सावित्रा पोखरेलले करिब डेढ रोपनी क्षेत्रफलमा अदुवा खेती गरिरहेकी छन् । अदुवाखेतीको क्षेत्र अझ विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ । बाँदरको समस्याका कारण अन्य खाद्यबाली लगाउन कठिन भएपछि अदुवा खेतीलाई प्राथमिकता दिएको पोखरेल बताउछिन् । अदुवा खेतीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना देखेपछि यसको उत्पादनमा लागेको उनको भनाइ छ ।
अदुवा स्थानीय बजारमा प्रतिकिलो रु १०० देखि रु १२० सम्ममा बिक्री हुने गरेको पोखरेलले बताइन् । अदुवालाई सुकाएर धुलो बनाई बिक्री गर्न सकिने भएकाले बजार व्यवस्थापनमा पनि खासै समस्या नरहेको उनको भनाइ छ । स्थानीय बजारमा राम्रो मूल्य पाउने र तथा धुलो बनाएर पनि बिक्री गर्न सकिने भएकाले नष्ट हुने सम्भावना कम रहेको पोखरेले बताइन् ।
ग्रामीण क्षेत्रमा बाँदरको बढ्दो समस्या कृषि उत्पादनका लागि चुनौती बन्दै गएको छ । खेतबारीमा लगाएको धान, मकै, कोदोलगायतका बाली नष्ट गर्ने भएकाले बाँदर किसानको मुख्य समस्याका रूपमा देखिएको छ । स्थानीयस्तरमा अदुवाको बजार मूल्य राम्रो रहेकाले यसको व्यावसायिक खेती विस्तार गर्न सके किसानको आयआर्जन बढाउन सकिने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ ।
ताजा अपडेट
-
सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
एनपीएल : आजको खेलमा चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्ने
-
बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित
-
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
-
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर आज हर्षोल्लासपूर्वक मनाइँदैछ छठ पर्व

प्रतिक्रिया