सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन्।
छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले प्रकृति र आस्थासँग जोडिएको यस पर्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको सन्देश दिने उल्लेख गरेका छन्।
भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने छठ पर्व मुख्यतः परिवारको सुख, शान्ति, आरोग्य तथा सन्तानको दीर्घायुको कामनासहित मनाइने उनले बताएका छन्।
प्रधानमन्त्री शाहले छठ पर्वले जीवनप्रतिको सकारात्मक दृष्टिकोण र प्रकृतिप्रतिको कृतज्ञताको भावना विकास गर्ने पनि उल्लेख गरेका छन्।
उनले शुभकामना सन्देशमा भनेका छन्, “छठले हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउँछ, जहाँ उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिइन्छ। यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिन्छ।”
प्रधानमन्त्री शाहले छठ पर्वले सबैमा सकारात्मक ऊर्जा प्रदान गर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका छन्।
उनले विविध धर्म, संस्कृति र परम्पराले नेपालको सामाजिक एकता तथा राष्ट्रिय पहिचानलाई बलियो बनाउने उल्लेख गर्दै तिनको संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको सन्देश दिएका छन्।
ताजा अपडेट
-
सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
एनपीएल : आजको खेलमा चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्ने
-
बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित
-
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
-
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर आज हर्षोल्लासपूर्वक मनाइँदैछ छठ पर्व

प्रतिक्रिया