NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर २ गते

लुम्बिनी एनपीएलको फाइनलमा, सुदूरपश्चिम ६ विकेटले पराजित

काठमाडौं- लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो।

सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा नीरोज़न डिकवेलाले नटआउट रहँदै ३७ बलमा ५९ रनको योगदान दिए। त्यस्तै, रोहित पौडेलले २१ रन र दिलीप नाथले अविजित १० रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो। टोलीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन र इशान पाण्डेले २७ रन बनाएका थिए।

लुम्बिनीको बलिङमा रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २-२ विकेट लिए। त्यसैगरी, अभिषेक गौतम र किशोर महतोले १-१ विकेट हात पारे। प्रतियोगिताको अघिल्लो संस्करणको विजेतासमेत रहेको लुम्बिनीले यस जितसँगै उपाधि रक्षा गर्ने अभियानलाई कायमै राखेको छ।

ताजा अपडेट

नेपालवाच विशेष