एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
काठमाडौँ । स्थानीय तहको निर्वाचनको तयारीलाई केन्द्रमा राख्दै नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
भेलामा सहभागी हुन केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू काठमाडौँ आइपुगेका छन् ।
एमालेका उपमहासचिव लेखराज भट्टका अनुसार भेलामा पार्टीका विभिन्न तहका नेता तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित विद्यादेवी भण्डारी, रामबहादुर थापा, विष्णु पौडेल र शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको भेलामा पार्टीको चुनावी तयारी, संगठनात्मक गतिविधि तथा आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया