NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ५ गते

प्रधानमन्त्री बालेन शाह मंसिर ६ गते भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नोभेम्बर २२ (मंसिर ६) देखि दुईदिने राजकीय भ्रमणका लागि भारत जाने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १:४५ बजे नयाँ दिल्ली प्रस्थान गर्नेछन्। भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित ३४ जना रहनेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोजसमेत आयोजना गर्नेछन्।

दुईदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह नोभेम्बर २३ (मंसिर ७) गते स्वदेश फर्कनेछन्।

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष