NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ५ गते

प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको भारतको राजकीय भ्रमणलाई औपचारिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। बैठकको निर्णयबारे एक मन्त्रीले जानकारी दिएका हुन्।

निर्णयअनुसार प्रधानमन्त्री शाह आगामी मङ्सिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा रहनेछन्।

प्रधानमन्त्रीको भ्रमणका क्रममा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलसमेत गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमणलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध र द्विपक्षीय सहकार्यका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष