NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ८ गते

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबिच नयाँ दिल्लीमा भेटवार्ता

काठमाडौं: भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र भारतीय समकक्षी नरेन्द्र मोदीबिच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको छ। सोमबार दुई देशका प्रधानमन्त्रीबिचको औपचारिक वार्ता पछि समझदारीपत्र (एमओयू) हरूको आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी हुने कार्यक्रम रहेको छ।

सोमबार बिहान प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो। स्वागत कार्यक्रम लगत्तै उनले राजघाट पुगेर पुष्पहार अर्पण गरेका थिए। प्रधानमन्त्री शाहले आइतबार भारत पुगेलगत्तै भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसकेका छन्।

दिनभरका औपचारिक कार्यक्रमअन्तर्गत दिउँसो ३:१५ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। कूटनीतिक भेटघाट तथा औपचारिक कार्यक्रमहरू सम्पन्न गरेपछि उनी अपराह्न ४:५० बजे स्वदेश फिर्ताका लागि प्रस्थान गर्ने कार्यसूची रहेको छ।

ताजा अपडेट

नेपालवाच विशेष