NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ९ गते

नेपाल आईआईटी क्याम्पस खोल्ने विश्वको तेस्रो देश बन्ने

काठमाडौं: नेपाल भारतीय प्रविधि संस्थान (आईआईटी) को क्याम्पस स्थापना हुने विश्वको तेस्रो देश बन्ने भएको छ। यसअघि आईआईटीले तान्जानियाको जान्जिबार र संयुक्त अरब इमिरेट्स (यूएई) मा आफ्ना अफसोर क्याम्पसहरू सञ्चालनमा ल्याइसकेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि २४ हजार करोड नेपाली रुपैयाँको आर्थिक प्याकेज घोषणा गर्दै नेपालमा आईआईटी क्याम्पस स्थापना गरिने जानकारी दिएका हुन्। यो निर्णय दुई देशको संयुक्त प्रेस वक्तव्यमा समेत समावेश गरिएको छ।

आईआईटीले सन् २०२३ मा विदेशमा आफ्नो पहिलो क्याम्पस स्थापना गरेको थियो। तान्जानियाको जान्जिबारमा आईआईटी मद्रासले सञ्चालन गरेको उक्त क्याम्पसमा डेटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता विषयमा पढाइ हुन्छ। त्यसैगरी, सन् २०२४ मा आईआईटी दिल्लीले यूएईको अबुधाबीमा आफ्नो क्याम्पस सुरु गरेको हो। अबुधाबीस्थित क्याम्पसमा इन्जिनियरिङ, कम्प्युटर साइन्स, ऊर्जा र सस्टेनेबिलिटी विषयमा स्नातक, स्नातकोत्तर र पीएचडी तहका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

नेपालमा स्थापना हुने क्याम्पससँगै आईआईटीको अन्तर्राष्ट्रिय विस्तारको दायरा थप फराकिलो हुनेछ।

ताजा अपडेट

नेपालवाच विशेष