NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ९ गते

अयोध्याबाट जनकपुर आइपुग्यो सरयु-कमला एक्सप्रेस रेल

काठमाडौं: भारतको अयोध्याबाट छुटेको ‘सरयु-कमला एक्सप्रेस’ रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गरेको भोलिपल्टै रेल जनकपुर आइपुगेको हो।

सोमबार दिउँसो १२:३० बजे अयोध्याबाट प्रस्थान गरेको रेल मंगलबार बिहान ९:४० बजे जनकपुरधाम आइपुगेको छ। रेलमा सवार यात्रुहरूलाई जनकपुरमा फूलमाला र दुवै देशको झन्डासहित भव्य स्वागत गरिएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा उक्त रेल सेवा सञ्चालनमा ल्याउने घोषणा गरिएको थियो।

ताजा अपडेट

नेपालवाच विशेष