NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ११ गते

१४ प्रहरी कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन

काठमाडौं। लामो समयदेखि कार्यालयको सम्पर्कमा नरही गैरहाजिर रहेका १४ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको उचित कारण खुलाएर सम्बन्धित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा उपस्थित हुन भनेको हो।

प्रहरीका अनुसार खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११५ को उपनियम (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा समेत ती कर्मचारीहरू कार्यालयको सम्पर्कमा आएका छैनन्।

तोकिएको समयभित्र कार्यालयमा उपस्थित भई गैरहाजिर रहनुको कारण पेस गर्न प्रहरीले निर्देशन दिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष