नेपाल मत्स्य समाजको नयाँ नेतृत्व चयन
धोबीघाटमा शुक्रबार सम्पन्न अधिवेशनले ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
अधिवेशनमा समाजकी अध्यक्ष डा. सुनिला राईको अध्यक्षता र कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा मत्स्यपालन क्षेत्रसँग सम्बन्धित ६० जनाभन्दा बढी विज्ञ, प्राध्यापक, प्रसार तथा अनुसन्धानमा संलग्न सरोकारवालाहरूको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले मत्स्यपालन व्यवसाय कृषकको जीविकोपार्जन, आयआर्जन र मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताइन्।
उनले मत्स्यपालन क्षेत्र सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका चुनौती तथा समस्याहरूको समाधान गर्न सरकार प्रतिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरिन्।
अधिवेशनमा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा. श्याम नारायण लाभ र पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालको उपस्थिति थियो। साधारण सभाको बन्द सत्रमा समाजको वार्षिक प्रगति विवरण र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।
ताजा अपडेट
-
WinCity приложение: обзор и возможности
-
जनकपुरधाम–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन, पहिलो दिन ४०० यात्रुले काटे टिकट
-
नेपाल मत्स्य समाजको नयाँ नेतृत्व चयन
-
शैक्षिक भ्रमणमा गएका बालक मर्स्याङ्दीमा बेपत्ता
-
मेदान्ता र किस्ट मेडिकल कलेजबिच चिकित्सकीय सहकार्यको एक वर्ष पूरा

प्रतिक्रिया