सिन्धुलीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, चार जना घाइते
काठमाडौं: सिन्धुलीको दूधौली नगरपालिका-३, झुंगास्थित मदनभण्डारी राजमार्गमा आइतबार दिउँसो भएको जीप दुर्घटनामा चालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्।
काठमाडौंबाट सुनसरी जाँदै गरेको बा प्र ०१-०२८ च २७८३ नम्बरको जीप दिउँसो १:१५ बजे अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो। दुर्घटनामा सुनसरीको बराहक्षेत्र नगरपालिका-८ का ४२ वर्षीय चालक मातृका भट्टराईको मृत्यु भएको हो। प्रहरीका अनुसार उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएका भट्टराईलाई चिकित्सकले दिउँसो २:१५ बजे मृत घोषणा गरेका थिए।
दुर्घटनामा घाइते हुनेहरूमा मृतककी श्रीमती ३८ वर्षीया प्रमिला भट्टराई, ८ वर्षीय छोरा आयन्स भट्टराई, ४० वर्षीया रेनुका सुवेदी भट्टराई र उनका १३ वर्षीय छोरा अतर्व भट्टराई रहेका छन्। उनीहरू सबै सुनसरीको बराहक्षेत्र नगरपालिका-८ का बासिन्दा हुन्।
प्रहरीका अनुसार घाइतेमध्ये प्रमिला, आयन्स र रेनुकाको स्वास्थ्य अवस्था मध्यम रहेको छ भने अतर्वको अवस्था सामान्य छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ताजा अपडेट
-
धादिङमा ६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ
-
अमेरिकाको बैंकिङ क्षेत्रमा धक्का, युनाइटेड फिडेलिटी बन्द
-
जलवायु न्याय र उत्थानशील सहर निर्माणका लागि ‘काठमाडौं जलवायु घोषणा’ जारी
-
सिन्धुलीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, चार जना घाइते
-
तस्करी रोक्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण, ६ राउण्ड हवाई फायर

प्रतिक्रिया