साउदी पुगेर रोनाल्डोले खुलाए अल–नासर रोज्नुको कारण

काठमाडौं (एजेन्सी) । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अल–नासर फुटबल क्लबसँग जोडिन पाउँदा गर्व महसुस भएको बताएका छन् ।
मंगलबार साउदी अरब पुगेका उनले पत्रकारमाझ भने, जीवनमा यति ठूलो निर्णय लिएकोमा मलाई गर्व छ । युरोपमा मेरो काम सकियो। मैले धेरै जितेको छु र युरोपका सबैभन्दा महत्त्वपूर्ण क्लबहरूसँग खेलेको छु। मेरा लागि यो अब नयाँ चुनौती हो।’
अल–नासरले विश्वमा साउदी फुटबलको छवि मात्र नभएर देशको धारणा पनि परिवर्तन गर्ने उनले बताए ।
आफूलाई अद्वितीय खेलाडीका रूपमा ब्याख्या गर्दै उनले साउदीमा जित्न र खेलको आनन्द लिन आइपुगेको बताए ।
‘म एक अद्वितीय खेलाडी हुँ । यहाँ हुनु राम्रो छ। मैले त्यहाँका सबै कीर्तिमान तोडेको छु र यहाँ पनि केही रेकर्ड तोड्न चाहन्छु । म यहाँ जित्न, खेल्न र खेलको आनन्द लिन आएको छु,’ उनले भने ।
साउदी फुटबलमा योगदान दिन अमेरिका, अष्ट्रेलिया र ब्राजिलबाट आएका धेरै आकर्षक अफर अस्वीकार गरेको पनि उनले सुनाए ।
अल–नासर क्लबका अध्यक्ष मुसाली अल मुअम्मरले रोनाल्डोलाई स्वागत गर्न पाउनु आफ्नो उपलब्धि भएको बताए ।
म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता सकिएपछि रोनाल्डोको भविष्यबारे धेरै अड्कलबाजी गरिएको थियो ।
यो रोनाल्डोको करियरको सूर्यास्त हो भनेर सामाजिक सञ्जालमा समेत लेखिएको थियो ।
तर साउदी अरेबियाको फुटबल क्लबसँगको यस्तो महँगो सम्झौतापछि केही समयका लागि यी अड्कलहरूको अन्त्य भएको छ ।
अल–नासरसँग १७७ मिलियन पाउण्डमा सम्झौता गरेका रोनाल्डोले अब सन् २०२५ सम्म उक्त क्लबमा रहेर खेल्नेछन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया