माइती नेपाल हटाउनुपर्ने माग गर्दै उजुरी
काठमाडौं । मानव वेचविखनमा परेका पीडिको उद्दार तथा संरक्षणको क्षेत्रमा काम गर्दै आएको गैर सरकारी संस्था माइती नेपाल हटाउनुपर्ने माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ ।
माइती नेपाल नभएको भए नेपाल विश्वकप त्रिकेटमा छनौट भइसक्ने भन्दै संस्था हटाउनका लागि मन्त्रालयमा उजुरी परेको हो ।
आफूलाई समाजिक अभियन्ता बताउँदै आएकी तारा बरालसहितका केही व्यक्तिहरूले सो कारण पेश गर्दै उजुरी दायर गरेका छन् । हाल माइती नेपालले क्रिकेटर सन्दीप लामिछानेविरूद्ध बलात्कारको मुद्दा दायर गर्ने पीडित महिलालाई संरक्षण दिइरहेको बताइन्छ ।
बरालसहितका अभियनन्ताले केही दिनअघि सन्दीपलाई न्याय दिनुपर्ने माग गर्दै राष्ट्रिय क्रिकेट संघ(क्यान) मा पनि ताला लगाएका थिए।
नेपालमा महिलाको हक हित तथा संरक्षणको लागि अदालतवाहेक प्रहरी, महिला सेल, महिला तथा बालबालिका मन्त्रालय, महिला आयोलगायतका अंगहरू नै पर्याप्त भएको उजुरीमा उल्लेख छ । यी संस्थाहरूमा राज्यले ठूलो बजेट खर्च गर्ने गरेपनि सरकारले गैरसरकारी संस्थामा पीडित महिलालाई पठाएकोप्रति आपत्ति जनाइएको छ ।
माइती नेपालका सञ्चालकले नागरिकता, जन्मदर्तालगायत कागजात नै किर्ते बनाएर विभिन्न निर्दोष पुरुषहरू फसाउने र गैरकानुनी रूपमा राज्यको काममा पनि हस्तक्षेप गर्ने गरेको आरोप छ ।
योसँगै सञ्चालक अनुराधा कोइरालाको नागरिकताका विषयमा छानविनको मागसहित मन्त्रालयमा उक्त उजुरी दायर भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया