पूर्वराजा ज्ञानेन्द्रसँगको भेटबाट म निकै प्रभावित भएको छु : रवीन्द्र मिश्र
काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । मिश्रले पूर्वराजा शाहसँग आफूले १५ वर्षपछि भेटेको सामाजिक सञ्जाल स्वीटरमार्फत् जानकारी दिएका छन् ।
ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटवार्तामा उनको शालीनता, सौम्यता, समझदारी र देशप्रतिको गहिरो चिन्तनबाट प्रभावित भएको उल्लेख गरेका छन् ।
‘असोचनीयस्तरको प्रतिकूलता व्योहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको सदाझैँको शालीनता, सौम्यता, समझदारी र देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था,’ मिश्रले लेखेका छन्, ‘बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष।’
पाँच वर्षअघि आफैले स्थापना गरेका विवेकशील साझा पार्टी परित्याग गरी चुनावकाे मुखमा राप्रपा प्रवेश गरेका उनी संवैधानिक राजसंस्थाको पक्षमा वकालत गर्दै आएका छन् ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया