झापामा ७० लाखको औषधि बरामद
बनियानी । झापाको बुद्धशान्ति गाउँपालिकाबाट ठूलो परिमाणमा औषधिसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम सूर्योदय–३ का ३० वर्षीय सइन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
उहाँका अनुसार शुक्रबार साँझ ६ः१५ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति–४ मा इलामबाट झापातर्फ आउँदै गरेको मे१च ६८३३ नंको पिकअप गाडीमा माथिबाट छुर्पी र घिउको बोराले छोपेर अवैध औषधि ल्याउँदै गर्दा राई पक्राउ परेका हुन् । उनका साथबाट रु ७० लाख ७७ हजार ९४४ बराबरको ११ प्रकारका औषधि बरामद गरिएको छ ।
बरामद औषधि र पिकअप गाडीको मूल्य रु आठ लाख मूल्याङ्कन गरी थप अनुसन्धानका लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगर पठाइने मोरङ पठाउने तयारी भइरहेको उहाँले बताए ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया