प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ देखि हुने
काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार यही पुस २६ देखि हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले आज एक सूचनामार्फत् प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार यही पुस २६ देखि गर्ने गरी तय भएको जनाएको हो ।
दुई बैंक एकआपसमा गाभिएपछि प्रभु बैंकका नामबाट एकीकृत कारोबार हुनेछ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ ९पाँचौँ संशोधन २०७९० को विनियम ११ को उप–विनियम ९७० बमोजिम रहेको जनाएको छ ।
दुवै बैंकबीच एक बराबर एक अनुपातमा मर्ज हुने भएका हुन् । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीइओ०मा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीइओमा सेञ्चुरी बैंकका सीइओ मनोज न्यौपाने बन्नेछन् ।
प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ मा मर्जर सम्झौता भएको थियो । प्रभु बैंकले पनि आज सूचना जारी गर्दै एकीकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनका लागि चार दिन सम्पूर्ण सेवा बन्द हुने जनाएको छ ।
बैंकले जारी गरेको सूचनाअनुसार आज राति १० बजेदेखि २६ गते बिहान १० बजेसम्म दुवै बैंकले विभिन्न शाखाबाट प्रदान गर्दै आइरहेको सम्पूर्ण सेवा बन्द रहने जनाएका हुन् । प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड छ भने सेञ्चुरी बैंकको चुक्ता पुँजी नौ अर्ब ५५ करोड छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया