तयार भयो सरकारको न्यूनतम तथा साझा कार्यक्रम मस्यौदा

काठमाडौं । सत्ता गठबन्धन दलहरूले सरकारको न्यूनतम तथा साझा कार्यक्रम मस्यौदा तयार गरेको छ ।
शुक्रबार अर्थमन्त्रीसमेत रहेका कार्यदलका संयोजक विष्णु पौडेलको नेतृत्वमा अर्थमन्त्रालयमा बसेको बैठकले मस्यौदा टुंगो लगाएको सदस्य वर्षमान पुनले जानकारी दिए ।
‘सरकारको न्यूनतम तथा साझा कार्यक्रम कार्यदलस्तरमा टुंगो लागेको छ । मस्यौदालाई शीर्ष तहका नेताहरूले अन्तिम रूप दिएपछि शनिबार सार्वजनिक गर्छौं’, पुनले भने ।
१४ पुसमा बसेको शीर्ष नेताहरूको बैठकले पौडेलको नेतृत्वमा सरकारको न्यूनतम तथा साझा कार्यक्रम मस्यौदा समिति गठन गर्ने निर्णय गरेको थियो ।
पौडेलको नेतृत्वमा ७ दलबाट एक/एक जना प्रतिनिधि समावेश गरेर न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेका हुन्।
बैठकमा माओवादीबाट पुन, रास्वपाबाट मुकुल ढकाल, राप्रपाबाट धबलशमशेर राणा र जसपाबाट रकम चेमजोङ सहभागी भएका थिए । मस्यौता प्रतिवेदन शीर्ष नेतालाई बुझाउने तयारी भएको पुनले बताए ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया