तयार भयो सरकारको न्यूनतम तथा साझा कार्यक्रम मस्यौदा
काठमाडौं । सत्ता गठबन्धन दलहरूले सरकारको न्यूनतम तथा साझा कार्यक्रम मस्यौदा तयार गरेको छ ।
शुक्रबार अर्थमन्त्रीसमेत रहेका कार्यदलका संयोजक विष्णु पौडेलको नेतृत्वमा अर्थमन्त्रालयमा बसेको बैठकले मस्यौदा टुंगो लगाएको सदस्य वर्षमान पुनले जानकारी दिए ।
‘सरकारको न्यूनतम तथा साझा कार्यक्रम कार्यदलस्तरमा टुंगो लागेको छ । मस्यौदालाई शीर्ष तहका नेताहरूले अन्तिम रूप दिएपछि शनिबार सार्वजनिक गर्छौं’, पुनले भने ।
१४ पुसमा बसेको शीर्ष नेताहरूको बैठकले पौडेलको नेतृत्वमा सरकारको न्यूनतम तथा साझा कार्यक्रम मस्यौदा समिति गठन गर्ने निर्णय गरेको थियो ।
पौडेलको नेतृत्वमा ७ दलबाट एक/एक जना प्रतिनिधि समावेश गरेर न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेका हुन्।
बैठकमा माओवादीबाट पुन, रास्वपाबाट मुकुल ढकाल, राप्रपाबाट धबलशमशेर राणा र जसपाबाट रकम चेमजोङ सहभागी भएका थिए । मस्यौता प्रतिवेदन शीर्ष नेतालाई बुझाउने तयारी भएको पुनले बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया