प्रचण्डलाई नेकपा एसले विश्वासको मत दिने !
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने संकेत दिएका छन् ।
जसपाले प्रचण्ड सरकारलाई समर्थन गरेर पनि सरकारमा सहभागी भएको छैन भने एकीकृत समाजवादी विपक्षमा रहेको छ । यी दुवै दललाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्ड निरन्तर सम्वादमा रहेका छन् ।
आइतबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको यी दुवै दलका शीर्ष नेतासँगको भेटवार्ता सकारात्मक भएको प्रधानमन्त्रीले बताएका छन् । उनले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँगको छलफल पछि प्रधानमन्त्री प्रचण्ड उत्साहित भएका हुन् ।
छलफलपछि उपस्थित सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘उहाँहरू विश्वासको मत दिन सकारात्मक हुनुहुन्छ । आजको छलफलबाट म निकै उत्साहित छु’, उनले भने ।
यसैगरी जसपा अध्यक्ष यादवले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताए । १० पुसमा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया