सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । साताको पहिलो आइतबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सय रूपैयाँ बढेर एक लाख दुइ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
गत शुक्रबार छापावाल सुन तोलामा ६ सय रूपैयाँले बढेर एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलामा एक लाख २ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको लागि तेजावी सुन तोलामा एक लाख २ हजार एक सय रूपैयाँ तोकिएको थियो ।
आज चाँदीको मूल्य तोलामा १० रूपैयाँ बढेको छ । महासंघका अनुसार गत शुक्रबार तोलामा एक हजार ४१५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया