मेक्सिकोमा मेट्रो दुर्घटना हुँदा एकको मृत्यु, १६ घाइते
एजेन्सी । मेक्सिको सिटीस्थित मेट्रो रेल दुर्घटनामा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।
घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको मेक्सिको सिटीका मेयर क्लाउडिया सेनबाउमले ट्वीटरमा जनाएका छन् । रेलमा फसेका चारमध्ये तीन जनालाई उद्धार गरिएको छ ।
दुर्घटना शनिबार बिहान ला रजा र पोट्रेरो स्टेशनहरू बीचको मेट्रो लाइन तीनमा भएको थियो । यसले दुर्घटनाको कारणको बारेमा अनुसन्धान सुरु गरेका मेक्सिको सिटी महान्यायाधिवक्ताको कार्यालयले ट्वीटरमा जानकारी दिएको छ ।
मेक्सिको सिटीमा मेट्रो यातायात सबै भन्दा बढी प्रयोगको साधन हो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया