पान मसला उद्योगको लिफ्ट खसेर तीन जनाको मृत्यु, एक घाइते
काठमाडौं (एजेन्सी) । पान मसला उद्योगका लिफ्ट खस्दा भारतमा तीन जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते छन् ।
दिल्लीको नरैना औद्योगिक क्षेत्रमा आइतबार राति एउटा पान मसाला कारखानाको लिफ्ट भत्किँदा तीन मजदुरको मृत्यु र एक घाइते भएका हुन् ।
घाइते कर्मचारीर्लाई उद्धार गरेर बीएलके अस्पताल कारोबागमा लगिएको छ । लिफ्टमा अन्य चार जना फसेकोमा उनीहरूलाई पनि उद्धार गरिएको छ ।
नारायण औद्योगिक क्षेत्रको ‘ए’ ब्लकमा रहेको कारखानाको लिफ्ट फुटेको हो । यसबारे जानकारी पाएलगत्तै प्रहरी, दमकल र विपद् व्यवस्थापन टोली घटनास्थलमा पुगेर राहत कार्य सुरु गरेको थियो ।
प्रहरीले लापरवाहीका कारण मानिसको ज्यान गएको ठहर गर्दै अनुसन्धान थालेको छ । आपका नेता दुर्गेश पाठकले घटनामा संलग्नलाई कडा कारबाही गरिने बताए ।
पान मसाला बन्ने गरेको यो कारखानामा दुईवटा लिफ्ट छन्। एउटा लिफ्ट सामान बोक्न र अर्को कर्मचारी बोक्न प्रयोग हुँदै आएको थियो । कर्मचारी बोक्ने लिफ्टबाट सामान लैजाँदा घटना हुन पुगेको अनुमान गरिएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु


प्रतिक्रिया