विश्वासको मत दिन सांसदहरूलाई ओलीले लगाए ह्वीप

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासका मत दिनका लागि अनिवार्यरुपमा उपस्थित हुन एमालेले आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ।
संसद बैठक सुरु हुनुअघि सोमबार बानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले आफ्ना सांसहरूलाई ह्वीप जारी गरेको सांसद सुवासचन्द्र नेम्बाङले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिँदैछन् । एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री भएका उनी विश्वासको मत पाउनेमा ढुक्क रहेका छन् । प्रचण्ड १० पुसमा १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
ताजा अपडेट
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
-
दक्षिण एसियाली कराँतेमा नेपाल उपविजेता
-
खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर पौडेल
प्रतिक्रिया