विश्वासको मत दिन सांसदहरूलाई ओलीले लगाए ह्वीप
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासका मत दिनका लागि अनिवार्यरुपमा उपस्थित हुन एमालेले आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ।
संसद बैठक सुरु हुनुअघि सोमबार बानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले आफ्ना सांसहरूलाई ह्वीप जारी गरेको सांसद सुवासचन्द्र नेम्बाङले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिँदैछन् । एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री भएका उनी विश्वासको मत पाउनेमा ढुक्क रहेका छन् । प्रचण्ड १० पुसमा १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया